तपाईँ सुन्दै हुनुहुन्छः

एमाले महाधिवेशन: मत माग्न व्यस्त नेता तथा कार्यकर्ता

काठमाडौँ । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्द शत्रको आज तेस्रो दिन भृकुटीमण्डपमा उम्मेदवारहरू विभिन्न शैलीमा चुनाव प्रचार गरिरहेका छन्।

एमालेको नयाँ नेतृत्वका लागि निवर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल अध्यक्षको प्रतिस्पर्धामा हुनुहुन्छ।

पार्टीभित्र महत्त्वपूर्ण पदका रूपमा रहेको महासचिवमा शंकर पोखरेल र सुरेन्द्र पाण्डेले उम्मेदवारी दिनुभएको छ ।

आज बेलुका ४ बजेदेखि मतदान हुने पार्टी केन्द्रीय निर्वाचन आयोगले कार्यतालिका सार्वजनिक गरेपछि विभिन्न पदमा उम्मेदवारी दिएकाहरू बाजागाजासहित प्रचार प्रसारमा लागेका छन्।

विभिन्न झाकी, नाचगान र उम्मेदवारका तस्बिर झुक्क्याइएका छाता ओढेर प्रदर्शनी मार्गमा एमाले  प्रतिनिधि तथा कार्यकर्ता चुनावी प्रचारमा उत्रिएका हुन् ।

नयाँ नेतृत्व चयन लागि भोटिङ मेसिनबाट मतदान हुने पार्टी निर्वाचन आयोगले जनाएको छ।

मतदानका लागि ९० वटा भोटिङ मेसिन व्यवस्था गरिएको छ भने ३५ जना प्राविधिकको सहयोगमा नमुना मतदान पनि गरिएको थियो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button