एमाले महाधिवेशन: विधान महाधिवेशनले संशोधन गरेको विधान केन्द्रिय कमिटीद्वारा संशोधन
३ सय १ सदस्यीय केन्द्रिय कमिटी हुने
काठमाडौँ । नेकपा एमालेको ११ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको आज बसेको अन्तिम बैठकले भदौमा सम्पन्न विधान महाधिवेशनले गरेको विधान संशोधनलाई संशोधन गरेको छ । बैठकको निर्णय अनुसार अब एमालेको केन्द्रिय कमिटी ३ सय १ सदस्यीय हुनेछ । विधान महाधिवेशनले २ सय ५१ सदस्यीय केन्द्रिय कमिटी हुने व्यवस्था गरेको थियो ।
आजको केन्द्रिय कमिटीको निर्णय अनुसार अब अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव ३ र सचिव ९ जना गरि १९ जना पदाधिकारी हुनेछन । यसैगरी स्थायी कमिटी सदस्यको सङ्ख्या पोलिटब्युरोको एक तिहाइ हुने, पोलिटब्युरो ९९ गरि केन्द्रीय कमिटीको सङ्ख्या ३०१ सदस्यीय हुनेछ ।








प्रतिक्रिया राख्नुहोस्