तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेबाट कांगेसद्वारा प्रतिनिधि सभाको प्रत्यक्षतर्फ २४ जनाको नाम सिफारिस

नेपालगञ्ज । नेपाली कांग्रेस बाँकेले क्षेत्रीय कार्यसमितिबाट सिफारिस भएर आएका उम्मेदवारहरूको नामावली लुम्बिनी प्रदेश कार्यसमितिलाई पठाएको छ । कांग्रेस बाँकेले क्षेत्रबाट सिफारिस भएर आएका तथा विविध कारणले क्षेत्रबाट छुट्न गई जिल्ला कार्यसमितिमा निवेदन परेका योग्यता पुगेका व्यक्तिहरूको नामावली प्रदेशमा पठाएको प्रवक्ता डिल्ली गिरीले बताउनुभयो । 

प्रवक्ता गिरीका अनुसार क्षेत्र नम्बर ३ बाट कुनै पनि सिफारिस जिल्लामा प्राप्त भएको छैन । तर, जिल्लामा निवेदन दिएका महासमिति सदस्य लक्ष्मी नारायण शाहको नाम भने जिल्लाले प्रदेशमा सिफारिस गरेको छ । बाँकेबाट तीन वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रका लागि २४ जनाको नाम सिफारिस भएको छ । क्षेत्र नम्बर १ बाट १० जना, २ बाट ६ जना र ३ नम्बर क्षेत्रबाट ८ जनाको नाम सिफारिस गरिएको छ ।

कार्यालय सचिव अमित कँडेलका अनुसार प्रतिनिधि सभामा प्रत्यक्षतर्फ क्षेत्र नम्बर १ बाट जिल्ला सभापति नारायण प्रसाद गौडेल, उपसभापति कृष्ण बहादुर कार्की, सल्लाहकार हुर्मत न्यौपाने, पूर्व सांसद ज्ञानु केसी, निवर्तमान क्षेत्रीय सभापति माधवराम खत्री, लुम्बिनी प्रदेश सदस्य राम बहादुर मल्ल, महासमिति सदस्य चुँडामणि कँडेल, क्षेत्रीय सभापति पोषणराज केसी, मिना ढुङ्गाना सिग्देल र रामकुमार राढ गरी १० जनाको नाम प्रदेशमा सिफारिस गरिएको छ । 

यस्तै समानुपातिकतर्फ अञ्जना पाण्डे, द्रौपति बस्नेत, केश कुमारी भण्डारी वली, कृष्ण बहादुर पुन मगर, जागेश्वर प्रसाद चौधरी, गुलाम मोहम्मद मिर्जा र दिप नारायण बर्मा गरी ७ जनाको नाम प्रदेशमा पठाइएको छ ।

क्षेत्र नम्बर २ मा प्रत्यक्षतर्फ पूर्व मन्त्री एवम् महासमिति सदस्य गजेन्द्र बहादुर हमाल, जिल्ला सचिव सुधांशु कोइराला, क्षेत्रीय सभापति रमेश कुमार गुप्ता, महाधिवेशन प्रतिनिधि सुदिप नरसिंह राणा, मो. याकुब अन्सारी र लिलावती यादव गरी ६ जनाको नाम सिफारिस गरिएको कार्यालय सचिव कँडेलले जानकारी दिनुभयो । 

यसैगरी समानुपातिकतर्फ केन्द्रिय सदस्य मैकुलाल वाल्मीकि, महासमिति सदस्यहरु निजामुद्दिन अन्सारी, भारती जोशी, उमा थापा तथा हेमन्त कर्माचार्य, रवीन्द्रमान श्रेष्ठ, कमला भट्ट, जिल्ला सदस्यहरु अनिल कुमार श्रेष्ठ र प्रमोद कुमार श्रेष्ठ, सावरा बेगम मनिहार, उमा ग्राण्डन, राज कुमार वैश्य, लोकनाथ काफ्ले, त्रिलोकी गिरी, डम्बर बहादुर गोल्डस्मिथ र रत्ना राणा गरी १७ जना सिफारिस भएका छन् ।

जिल्ला कार्यसमितिमा नाम नपठाए पनि प्रतिनिधि सभा क्षेत्र नम्बर ३ कार्यसमितिले प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्षतर्फ पार्टीका केन्द्रिय सहमहामन्त्री किशोर सिंह राठौर, निवर्तमान सांसद आशा बिक, मेघराज ओली, महेन्द्र मल्ल ठकुरी, टेक बहादुर खड्का, लक्ष्मी नारायण शाह, देब बहादुर खत्री र कृष्ण बिक रसाइलीको नाम टुङ्गो लगाएको छ ।

समानुपातिकतर्फ दुखीराम लोहनी, सकिल खाँ, झुपकली मगर, उमा कुमारी थापा, भावना चौधरी, अमृता नेपाल, रमेश सिंजाली, कमला हमाल, पुष्पा सुनार, गगन विक, कपिलदेव शर्मा, दयाराम यादव, भिमबहादुर विकको नाम सिफारिस गरिएको छ ।

फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आकाङ्क्षी उम्मेदवार सिफारिस गरिएको हो । केन्द्रले हरेक क्षेत्रबाट एक जना महिलासहित बढीमा तीन जनाको नाम सिफारिस गर्न पुनः ध्यानाकर्षण गराए पनि त्यसको पालना भने गरिएको छैन । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button