तपाईँ सुन्दै हुनुहुन्छः

मधेश प्रदेश : निवर्तमान सरकारले गरेका निर्णयहरू बदर

जनकपुरधाम । मधेश प्रदेशका सरकारको आज बसेको मन्त्रीपरिषद् बैठकले मधेश प्रदेशका निवर्तमान मुख्यमन्त्री सरोज कुमार यादव नेतृत्वको सरकारले गरेका सबै सरुवा र काज बदर गर्ने निर्णय गरेको छ ।

यसका साथै उद्योग मन्त्रालयका सचिव जय कुमार घिमिरेलाई मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा सरुवा गरेर निमित्त प्रमुख सचिवको जिम्मेवारी दिने निर्णय भएको मधेश प्रदेश सरकारका विना विभागीय मन्त्री कनिष पट्टलेले जानकारी दिनुभयो ।

मन्त्रीपरिषद् बैठकले क्यान्सर, मृगौला तथा मुटु रोगीलाई प्रदेश सरकारबाट दिँदै आएको आर्थिक सहायतालाई निरन्तरता दिँदै अपुग भएका रकम अर्थ मन्त्रालयबाट व्यवस्था मिलाएर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा रकमान्तर गर्ने निर्णय गरेको छ ।

यसै गरि मधेश प्रदेश प्राकृतिक प्रकोपको जोखिममा रहेको र आउन लागेको शीत लहर र सम्भावित आगलागीबाट प्रदेशवासीलाई जोगाउनका लागि विपत पूर्व तयारीका लागि सुरक्षा निकायहरूसँग समन्वय गरेर गृहकार्य थालनी गर्न मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानून मन्त्रालयलाई समन्वय गरेर अगाडी बढाउन निर्देशन दिने निर्णय गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button