तपाईँ सुन्दै हुनुहुन्छः

चितवनमा गाईको मासु काट्ने ६ जना नियन्त्रणमा 

चितवन । चितवनमा गाईको मासु काट्दै गरेका ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । खैरहनी नगरपालिका–१० बडगाउँस्थित केराबारी भित्र गाईको मासु काट्दै गरेको अवस्थामा उनीहरू पक्राउ परेका हुन् । हाल उनीहरूको नाम खुलाइएको छैन ।

आज दिउँसो गाईको मासु काट्दै छ भन्ने सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय खैरहनीको मोबाइल कमाण्डर प्रहरी नायव निरीक्षक उज्वलराज चितुवालको कमाण्डमा टोलीले  छ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उनीहरूलाई नियन्त्रणमा  लिई थप अनुसन्धान भइरहेको  छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button