गृहमन्त्री अर्यालद्वारा त्रिनगर–गौरीफन्टा नाकको स्थलगत अनुगमन
धनगढी । गृहमन्त्री ओमप्रकाश अर्यालले त्रिनगर–गौरीफन्टा नाकाको स्थलगत अनुगमन निरीक्षण गर्नु भएको छ । आज गृहमन्त्री अर्याल उच्च सुरक्षा अधिकारी सहित धनगढी स्थित नेपाल भारत सिमानाका त्रिनगर–गौरीफन्टा नाकामा पुग्नु भएको हो । त्यसक्रममा गृहमन्त्री अर्यालले सिमानाकाको सुरक्षा व्यवस्था, आवागमन लगायत सुरक्षा अवस्थाबारे जानकारी लिनु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताउनु भयो ।
गृहमन्त्री अर्याल भोली धनगढीमा हुने प्रदेश स्तरीय सुरक्षा गोष्ठीमा सहभागिताका लागी काठमाण्डौबाट आज धनगढी आईपुग्नु भएको हो । उहाँलाई धनगढी विमानस्थलमा सुरक्षा अधिकारीले स्वागत गरेका थिए ।








प्रतिक्रिया राख्नुहोस्