बाँकेमा क्विक रेस्पोन्स भेइकल सेवा सञ्चालन
नेपालगञ्ज । सुरक्षा अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय बाँकेले क्विक रेस्पोन्स भेइकल सेवा (क्यूआरभी) सञ्चालन गरेको छ । पहिलोपटक नेपालगञ्ज(१२ स्थित बिपी चोकमा २४ घण्टा सक्रिय रहने गरी क्विक रेस्पोन्स भेइकल सेवा सञ्चालनमा गरिएको बाँके प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार चोरी, लुटपाट, झैँ–झगडा, सवारी दुर्घटना तथा अन्य आपराधिक क्रियाकलाप लगायत आकस्मिक घटनाहरूमा तत्काल प्रहरी उपस्थितिको सुनिश्चितताका लागि तत्काल प्रतिकार्य टोली तयार अवस्थामा चौबिसै घण्टा राखिएको छ ।
प्रहरीका अनुसार टोलीले सार्वजनिक सुरक्षा सम्बन्धि सम्भावित जोखिमलाई नियन्त्रण तथा घटनास्थलमा छिटो कारबाही गर्न सहयोग पुर्याउनेछ । साथै, आपराधिक गतिविधि वा शङ्कास्पद गतिविधि सम्बन्धि कुनै पनि जानकारी प्रदान गर्न जिल्ला प्रहरी कार्यालय बाँकेले सम्बन्धित सबैलाई आग्रह गरेको छ ।
बाँके प्रहरीले प्रहरी सहायता तथा सूचना दिनका लागि आकस्मिक १०० नम्बर, ९८५८०९१०९० र ९८५८०९०५५५ मा सम्पर्क गर्न सकिने बताएको छ ।








प्रतिक्रिया राख्नुहोस्