तपाईँ सुन्दै हुनुहुन्छः

एमाले महाधिवेशन सचिवालय बैठक: समितिको प्रतिवेदनमाथि छलफल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी(एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशन सम्पन्न गर्न गठित समितिको प्रतिवेदनमाथि छलफल भएको छ । 

ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा महाधिवेशन सचिवालयको आज बसेको बैठकमा समितिले हालसम्म महाधिवेशनको तयारीका सन्दर्भमा गरेको प्रतिवेदनमाथि छलफल गरिएको एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो । 

उहाँका अनुसार सबै समितिले महाधिवेशनको तयारीलाई अन्तिम चरणमा पुर्‍याएको छ । एमालेले महाधिवेशन सम्पन्न गर्न विभिन्न १४ वटा समिति गठन गरेको थियो ।

प्रचार विभाग प्रमुख गौतमका अनुसार बैठकले भक्तपुरको सल्लाघारीस्थित मैदानमा महाधिवेशन उद्घाटन कार्यक्रम गर्ने निर्णय गरेको छ । बन्द सत्र भने भृकुटीमण्डपमा हुने छ । 

यसैगरी दोस्रो विधान महाधिवेशनले तय गरेको नारा ‘निर्णायक राष्ट्रिय शक्ति निर्माणको संकल्पः समृद्ध नेपाल र सुखी नेपाली हाम्रो गन्तव्य’ लाई राष्ट्रिय महाधिवेशनको मुख्य नारा बनाइने निर्णय भएको छ । 

एमाले महाधिवेशन यही मङ्सिर २७ गतेदेखि २९ गतेसम्म हुँदैछ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button