इलामका छ उत्कृष्ट उद्योगी सम्मानित
इलाम । इलाममा छ जना उद्योगीलाई सम्मान गरिएको छ । ११ औँ उद्योग दिवश २०८२ को अवसरमा जिल्लाका छ पालिकाका छ जना उद्योगीहरूलाई घरेलु तथा साना उद्योग कार्यालय इलामले सम्मान गरेको हो ।

सम्मानित हुनेहरूमा फाकफोकथुम गाउँपालिकाकी अमृता नेपाली, रोङ गाउँपालिकाकी बिमला अर्याल, सन्दकपुर गाउँपालिकाका दुर्गा प्रसाद मिश्रलाई प्रमाण पत्र सहित सम्मान गरिएको छ । त्यस्तै चुलाचुली गाउँपालिकाकी निर्मला सुवेदी, इलाम नगरपालिकाका सुरेन्द्र कुमार लिम्बु र सूर्योदय नगरपालिकाका फुर्वा योल्मुलाई कार्यालयका कार्यालयका किरण कार्कीले जानकारी दिनुभयो । उहाँहरूलाई घरेलु तथा साना उद्योग कार्यालय इलामका प्रमुख टङ्कप्रसाद प्रसाईँले सम्मान गर्नुभएको थियो ।
कार्यक्रममा होटल एसोसिएसन इलामका अध्यक्ष देवी पौडेल, उद्योग वाणिज्य संघ इलामका हिमाल बस्नेत, घरेलु तथा साना उद्योग महासङ्घका मंगेश खत्री, उमिला उद्यमी उषा निरौला, पुष्प व्यवसायी सङ्घकी बुद्धमाया सोङमी लगायतको समेत उपस्थिति रहेको थियो ।
२०७२ सालदेखी नेपालमा उद्योग दिवस मनाउन सुरु भएको हो । सम्मानले उद्योगीको मनोबल उच्च राख्न मद्दत मिल्ने भएकाले उत्कृष्ट जनालाई सम्मान गरिएको कार्यालयकी रिता अधिकारीको भनाई छ । पाँच हजारको सङ्ख्यामा दर्ता भएका उद्योगीमध्ये उत्पादन, सेवा, कृषि र पशुपालन क्षेत्रलाई समेटेर सम्मान गरिएको उहाँको भनाई छ ।







प्रतिक्रिया राख्नुहोस्