तपाईँ सुन्दै हुनुहुन्छः

नेपाली महिला राष्ट्रिय फुटबल टोली इन्डोनेसिया प्रस्थान

कीर्तिपुर (काठमाडौँ) I इन्डोनेसियामा आयोजना हुने फिफा टायर पहिलो त्रिपक्षीय अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा सहभागी हुन त्यसतर्फ प्रस्थान गर्न लागेको नेपाली राष्ट्रिय टोलीलाई आज बिदाइ गरिएको छ ।

कप्तान एञ्जिला सुब्बाको नेतृत्वमा जान लागेको २२ सदस्यीय टोलीलाई अखिल नेपाल फुटबल सङ्घका महासचिव किरण राईले बिदाइ गर्नुभयो । 

यही मङ्सिर १० गतेदेखि १६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपाली टोलीले इन्डोनेसिया र चाइनिज ताइपेइको टोलीसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगितामा चोटका कारण सावित्रा भण्डारी (साम्भा) र सविता रानामगर सहभागी हुने छैनन् । 

महासचिव राईले भन्नुभयो, “महिला फुटबललाई अघि बढाउन क्लबमा आधारित संरचनामा लग्यौ, परिणामस्वरूप अहिले हामीसँग अहिले १० वटा टोली छन् । हालैका  केही अन्तर्राष्ट्रिय खेलबाट हामी उत्कृष्ट नतिजा पाउन सक्छौँ भन्ने देखिएको छ ।  

टोलीका प्रमुख प्रशिक्षक नवीन नेउपानेले इन्जुरिका कारण साम्बाले खेल्न नपाए पनि बलियो टोलीसँगको खेलमा टोलीका अन्य सदस्यलाई प्रतिभा प्रस्तुत गर्ने मौका भएको बताउनुभयो । टोलीकी कप्तान एञ्जिला सुब्बाले यसप्रकारका प्रतियोगिताले आफूहरूलाई सहयोग पुग्ने धारणा राखिन् । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button