नेपालगन्जमा ११औँ धारा म्याराथन तयारी पूरा, पुरस्कार र आकर्षक कार्यक्रम घोषणा
नेपालगन्ज । मंसिर ६ गते हुने ११औँ धारा नेपालगन्ज म्याराथनको तयारी पूरा भएको छ। पत्रकार सम्मेलनमार्फत म्याराथनका संस्थापक टीएस ठकुरीले विजेताका लागि नगद पुरस्कार र विभिन्न कार्यक्रमबारे जानकारी दिनुभयो।
पुरुष हाफ म्याराथन विजेताले दुई लाख रुपैयाँ प्राप्त गर्नेछन् भने महिला हाफ म्याराथन विजेताले ७५ हजार रुपैयाँ पुरस्कार पाउनेछन्। शीर्ष पाँच स्थानसम्मका सहभागीले क्रमशः १ लाखदेखि १५ हजारसम्म पुरस्कार पाउने व्यवस्था छ। ४५ वर्षमाथिका भेट्रान दौडका विजेताहरू, १० किलोमिटर खुल्ला पुरुष–महिला, स्कुल स्तरीय छात्र–छात्रा दौड र ह्वीलचेयरतर्फका सहभागीहरूका लागि पनि पुरस्कार राखिएको छ।
यसपाली म्याराथनमा पहिलो पटक ‘नेपालगन्ज ट्रफी’ प्रदान गरिनेछ। साथै, फोटोग्राफी कार्यक्रम फिपिक्स मार्फत दौडको रोमाञ्चकता थपिने आयोजकले जनाएका छन्।
म्याराथनअघि आयोजना हुने नेपालगन्ज कनक्लेवमा महानायक राजेश हमाल, मिस नेपाल वल्र्ड २०२५ लुना लुइँटेल, मिस नेपाल वल्र्ड २०२३ सृच्छा प्रधान, जेनजी लिडर रक्षा बम, साहित्यकार सुविन भट्टराई, डा. नवराज केसी लगायत वक्ता सहभागी हुनेछन्। कनक्लेवमा खेलकुद, सांस्कृतिक कार्यक्रम र फाइनप्रिन्ट फिभर, ७७७ च्यालेन्ज डकुमेन्ट्री प्रदर्शन समेत गरिनेछ।








प्रतिक्रिया राख्नुहोस्