तपाईँ सुन्दै हुनुहुन्छः

ताप्लेजुङको तेम्बा बजारमा आगलागी: चार घर पूर्णरुपमा जलेर नष्ट

ताप्लेजुङ। ताप्लेजुङको मिक्वाखोला गाउँपालिका स्थित तेम्बा बजारमा गयराति आगलागी हुँदा चार घर पूर्णरुपमा जलेर नष्ट भएका छन्।

स्थानिय गजेन्द्र थलङका अनुसार मंगलबार राति साढे १० बजे घर नजिकै राखिएको मोटरसाइकलमा अचानक आगलागी हुँदा राजकुमार साँवा, इन्द्र कुमार साँवा, विष्णु साँवा र अनिल साँवाका घर जलेर नष्ट भएका हुन्।

सो घरमा दोर्ची शेर्पा र पासाङफुटी शेर्पाले समेत व्यवसाय सञ्चालन गर्दै आएका थिए। पाँच परिवारले होटर तथा पसल सञ्चालन गर्दै आएका थिए र घरमा अलैंचीको सिर्जन भएको हुँदा ठूलो आर्थिक क्षतिको अनुमान गरिएको स्थानियले जनाएका छन्।

घटना बेलुकाको समय भएकाले प्रहरीले बिहानै सो स्थानमा पुगेर आवश्यक अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button