तपाईँ सुन्दै हुनुहुन्छः

सामान्य अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौँ । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । 

आज नेप्से परिसूचक पाँच दशमलव १५ प्रतिशतले घटेर दुई हजार ५४० दशमलव ५७ को बिन्दुमा कायम भएको हो ।

आज विभिन्न कम्पनीका ३३७ कम्पनीको ७९ लाख ५७ हजार ५६ कित्ता शेयर ४७ हजार १७६ पटक खरिदबिक्री हुँदा रु तीन अर्ब ८९ करोड ३९ लाख ७५ हजार ७९३ बराबरको कारोबार भएको छ । कारोबारमा होटल तथा पर्यटन, उत्पादन तथा पर्यटन र अन्य समूहको बाहेक सबै समूहको उपसूचक घटेको छ ।

सागर डिस्टिलरी लिमिटेड, बुँगल हाइड्रो लिमिटेड र बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button