ट्याक्टर दुर्घटनामा एकजनाको मृत्यु
इलाम । इलाम सन्दकपुर गाउँपालिका–२, गोरुवाले भञ्ज्याङ नजिक लोक्ता बोकेको ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
मङ्गलवार साँझ करिब ७ बजेतिर इलामबाट पाँचथरतर्फ जाँदै गरेको प्रदेश १-०२-००३-त ३४०२ नम्बरको ट्याक्टर अनियन्त्रित भई करिब ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।प्रहरीका अनुसार ट्याक्टरमा सवार पाँचथर फिदिम–१४ का ३३र३४ वर्षीय सोम राईको घटनास्थलमै मृत्यु भएको हो।
दुर्घटनामा फिदिम–१३ का ४५ वर्षीय टंक तामाङको बायाँ खुट्टा तथा आँखामा चोट लागेको छ भने ४० वर्षीय युद्धकुमार राई सामान्य अवस्थामा रहेको प्रहरीले जनाएको छ। दुवै घाइतेको फिदिम स्थित गणेशमान सिंह सामुदायिक अस्पतालमा उपचारपछि डिस्चार्ज गरिएको छ।
यसैबीच, ट्याक्टर चालक सङ्खुवासभा मकालु–३ का २३ वर्षीय बिकुल पराजुली फरार रहेको र उनकी खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ।घटनाको थप अनुसन्धानका लागि प्रहरी निरीक्षक मौसम उदासको कमाण्डमा टोली खटिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।








प्रतिक्रिया राख्नुहोस्