तपाईँ सुन्दै हुनुहुन्छः

शैलुङको कालापानीमा इभि भ्यान दुर्घटना, एक जनाको मृत्यु १४ घाइते

दोलखा । दोलखाको शैलुङ क्षेत्र भ्रमण गरी फर्कँदै गरेको यात्रु बोकेको अरनिको यातायात समितिको बागमती प्रदेश ०१– ००२ ज ६२०८ नम्बरको इभि भ्यान दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने १४ जना घाइते भएको प्रहरीले जनाएको छ ।

शैलुङ भ्रमण गरी चरिकोट फर्कने क्रममा दोलखाको शैलुङ गाउँपालिका वडा नम्बर– ८ कालापानी बुद्धपार्क (धावा वाङ्गेल पार्क) मा शुक्रवार ४ः३० बजे भएको दुर्घटनामा परी गोरखा घर भई काठमाडौँको चन्द्रगिरी बस्दै आउनुभएको ६० बर्षिया एकुमाया अर्यालको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । 

दुर्घटनामा इभि भ्यान चालक दोलखाको गौरीशङ्कर गाउँपालिका वडा नम्बर– १ का ४५ वर्षीय गोकुल कार्की, मृतक महिलाको छोरा ३२ वर्षीय सञ्जीव अर्याल लगायत १४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । 

इभिमा आठ महिलासहित १६ जना रहेको पनि प्रहरीले जनाएको छ । 

दुर्घटनामा परेर गम्भीर घाइते केहीलाई सदावहार अस्पताल खाडिचौर पठाइएको र केही घाइतेको शैलुङ गाउँपालिकाकै बाघखोर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button