नेपाली कम्युनिस्ट पार्टी र मातृभूमि जागरण अभियानबीच सहमति पत्रमा हस्ताक्षर

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी र भीम रावलको नेतृत्वमा रहेको मातृभूमि जागरण अभियान, नेपाल बिच आज काठमाडौँको पेरिस डाँडामा एक ऐतिहासिक सहमति पत्रमा हस्ताक्षर गरिएको छ।

दुई पक्षबिच भएको सहमतिले मुलुकको राष्ट्रिय स्वाभिमान, सामाजिक न्याय, सुशासन र समृद्ध नेपाल निर्माणका लागि संयुक्त रूपमा अघि बढ्ने प्रतिबद्धता जनाइएको छ।
कार्यक्रममा दुवै पक्षका शीर्ष नेताहरूको उपस्थिति रहेको थियो। सहमति पत्रले राजनीतिक स्थायित्व र वामपन्थी एकताको दिशामा नयाँ सम्भावनाको बाटो खोल्ने विश्वास व्यक्त गरिएको छ।
सहमतिको विस्तृत विवरण र संयुक्त कार्य योजना आगामी दिनमा सार्वजनिक गरिने जनाइएको छ।








प्रतिक्रिया राख्नुहोस्