तपाईँ सुन्दै हुनुहुन्छः

निर्वाचनको वातावरण बनाउन दलहरूको भूमिका महत्वपूर्ण : कानुन मन्त्री 

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले निर्वाचनको वातावरण बनाउन राजनीतिक दलहरूको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ । 

नेपाल कानुन समाजद्वारा आज काठमाडौँमा आयोजित ‘आगामी प्रतिनिधिसभाको निर्वाचन: चुनौती र अवसर’ विषयक अन्तरक्रियामा उहाँले सरकार, राजनीतिक दल र अन्य सरोकारवाला पक्षबीचको घनिभूत छलफल र बहसले चुनावी वातावरण बनाउने धारणा व्यक्त गर्नुभयो ।

सरकारले आगामी निर्वाचनलाई केन्द्रित गरी राजनीतिक दल र नेतासँग निरन्तर संवाद गरिरहेको उल्लेख गर्दै उहाँले राज्य सञ्चालनको अनुभवका कारण कतिपय सन्दर्भमा केही कमीकमजोरी भए पनि वर्तमान सङ्कटबाट मुलुकलाई निकास दिलाउन भरमग्दुर प्रयास गरिरहेको स्पष्ट पार्नुभयो ।

मन्त्री सिन्हाले विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकार दिलाउने सम्बन्धी प्रक्रियाको सम्भावना पहिचान गर्ने कार्यलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभयो । 

उहाँले सरकारले युवापुस्ताहरूको भावनालाई सम्बोधन गर्न र सङ्कटको निकास दिन जिम्मेवारीका साथ काम गरी रहेकोले शङ्का नगर्न आग्रह पनि गर्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button