तपाईँ सुन्दै हुनुहुन्छः

नेपालगन्ज मेडिकल कलेजमा आमा सुरक्षा कार्यक्रम बन्द भएपछि भेरी अस्पतालमा चाप

नेपालगन्ज । नेपालगन्ज मेडिकल कलेज नेपालगन्ज र कोहलपुरमा आमा सुरक्षा कार्यक्रम बन्द हुँदा भेरी अस्पतालमा चाप बढेको छ ।

भेरीले प्रसूति सेवामा बेड सङ्ख्या बढाइरहे पनि अपुग भइरहेको छ । भेरीमा अहिले दिनमा १२ देखि १५ जनाको अप्रेशन र २० देखि ३० जनाको नर्मल डेलिभरी भइरहेका छन् । अप्रेसन गरेकालाई २४ घण्टा राख्ने पोष्ट अ बेड कम भइरहेको छ । पोष्ट अप बेड १२ वटा छन् । कुनै दिन त्यो दिउँसै भरिन्छ । यो दिउँसै भरियो भने नर्मल डेलिभरी हुनेको सङ्ख्यामा समेत प्रभाव पार्ने गर्दछ ।

भेरीमा आमा सुरक्षा कार्यक्रम सञ्चालनमा रहेको छ । यो कार्यक्रम भएका अस्पतालले एक जनाको अप्रेशन गर्दा दश हजार र डेलिभरी गर्दा दुई हजार पाँच सय पाउँछन् । अस्पतालले एक जनाको अप्रेशन गरेबापत डाक्टरलाई दुई हजारदेखि तीन हजार पाँच सय भत्ता दिने गर्दछ ।

अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. निराजन सुवेदीले तीन सय बेड सञ्चालनमा रहेको भेरीमा प्रसूतिका लागि ७५ बेड छुट्टाएको र त्यो पनि कमी भएको बताउनुभयो । उहाँले साउन उता १८ बेड थपेको जानकारी दिँदै अझै १५ बेड थप्ने तयारी गरेको बताउनुभयो । मेडिकल कलेजमा आमा सुरक्षा कार्यक्रम बन्द भएपछि भेरीमा चाप बढेको मात्रै नभई अति गरिबलाई सास्तीसँगै आर्थिक भार थपिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button