तपाईँ सुन्दै हुनुहुन्छः

दासानायकेले एनपिएलमा विराटनगर किङ्सको कमाण्ड सम्हाल्ने

काठमाडौँ । नेपाली क्रिकेट समर्थक बीच परिचित प्रशिक्षक पुबुदु दासानायकेले नेपाल प्रिमियर लिग  (एनपिएल) दोस्रो संस्करणमा विराटनगर किङ्सको कमान सम्हाल्ने भएका छन् ।

पुबुदुकै प्रशिक्षणमा जनकपुर बोल्ट्सले एनपिएलको पहिलो संस्करण जितेको थियो । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व मुख्य प्रशिक्षक पुबुदुसँग अनुबन्ध भएको विराटनगर किङ्सले जनाएको छ । एसोसिएट क्रिकेटका लागि परिचित पुबुदु अमेरिकी क्रिकेट टोलीका प्रशिक्षक हुन् । नेपाल सम्मिलित विश्व कप क्रिकेट लिग टु अन्तर्गत हालै सम्पन्न युएई त्रिकोणात्मक सिरिजमा अमेरिकाले सबै ४ खेल जितेको छ ।

अमेरिका लिग टु अंक तालिकाको शीर्ष स्थानमा छ । लेग स्पिनर सन्दीप लामिछाने विराटनगरका मार्की खेलाडी हुन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button