सशस्त्र प्रहरीद्वारा वीरगञ्जबाट १० लाख बराबरको तस्करी औषधि सहित युवक पक्राउ
वीरगञ्ज। सशस्त्र प्रहरीले वीरगञ्ज नाकाबाट ठूलो परिमाणमा तस्करीको औषधिसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्ने व्यक्ति बाराको विश्रामपुर गाउँपालिका–४ बलिरामपुरका १८ वर्षीय हरिओमकुमार पासवान रहेका छन् ।
सशस्त्र प्रहरी नायब उपरीक्षक पुरुषोत्तम भण्डारीको नेतृत्वमा खटिएको सीमा सुरक्षा गुल्म वीरगन्जको टोलीले शनिबार वीरगन्ज–१६ इनर्वास्थित खेत क्षेत्रबाट पासवानलाई पक्राउ गरेको हो । उनले भारततर्फबाट अवैध रूपमा टाउकोमा बोकी नेपालतर्फ ल्याउँदै गरेका औषधि बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
बरामद गरिएको औषधिको मूल्य करिब ९ लाख ५८ हजार ९१३ रुपैयाँ बराबर रहेको प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी नायब उपरीक्षक विश्वराज योञ्जनका अनुसार पक्राउ परेका पासवानलाई बरामद औषधिसहित आवश्यक कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको छ ।
सशस्त्र प्रहरीले हाल सीमाक्षेत्रमा तस्करी नियन्त्रणका लागि निगरानी र गस्ती थप कडा बनाइएको जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्