तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल श्रीलङ्कासँग पराजित

काठमाडौँ ।  हङकङमा जारी हङकङ सिक्सेस प्रतियोगिताअन्तर्गत नेपाल श्रीलङ्कासँग तीन विकेट पराजित भएको छ । यससँग प्रतियोगितामा नेपालले लगातार तेस्रो हार बेहोरेको छ ।

आजै भएको समूह चरणको खेलमा नेपाल दक्षिण अफ्रिकासँग चार विकेटले पराजित भएको थियो । त्यस्तै हिजो भएको खेलमा नेपाल अफगानिस्तानसँग पराजित भएको थियो ।

आज टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित छ ओभरमा चार विकेट गुमाउँदै ८६ रन बनायो । नेपालका लागि ओपनरद्वय सन्दीप जोराले ३९ र लोकेश बमले अबिजित ३१ रन बनाए । 

श्रीलङ्काका लागि थरिन्दु रत्नायकेले दुई विकेट लिए भने लाहिरु समरकुन र लहिरु मदुशन्काले समान एक–एक  विकेट लिए । सतासी रनको लक्ष्य श्रीलङ्काले ५।३ ओभरमा तीन विकेट गुमाउँदै पूरा गर्‍यो । उसका लागि धनञ्जय लक्षणले अविजित ३६ रन बनाए भने निमेश विमुखीले अविजित ३३ रन बनाए ।

नेपालको लागि रुपेश सिंहले दुई विकेट लिए भए भने लोकेश बमले एक विकेट  लिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button