पोखरीमा डुबेर १२ वर्षीय बालकको मृत्यु
वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–२८ सिधुवाटोलस्थित पोखरीमा डुबेर आज १२ वर्षीय एक बालकको मृत्यु भएको छ ।
मृतक बालक बाराको विश्रामपुर गाउँपालिका बडा नम्बर–५ मुसहरवा बस्ने कन्हाई साहका छोरा शनि कुमार साह रहेका छन् ।
शुक्रबार बिहान करिब १० बजे स्थानीय बासिन्दाबाट बालक डुबेर बेपत्ता भएको जानकारी प्राप्त भएपछि सशस्त्र प्रहरी बल नेपालको सुरक्षा बेस बेलवा पर्साबाट सशस्त्र प्रहरी नायव निरीक्षक (डिएसपी) लोकबहादुर कार्की र सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वार्टर पर्साबाट सशस्त्र प्रहरी सहायक निरीक्षक सञ्जीव यादवको कमान्डमा विपद् उद्धार टोलीले पोखरीबाट बालकको शव निकालेको थियो ।
उद्धार टोलीले पोखरीबाट बालकको शव बाहिर निकाली आवश्यक कानुनी प्रक्रियाका लागि नेपाल प्रहरीलाई बुझाएको छ ।
घटनास्थलमा वडा प्रहरी कार्यालय बिर्ताबाट प्रहरी नायव निरीक्षक नवीन थापाको कमान्डमा पनि प्रहरी टोली खटिएको थियो ।








प्रतिक्रिया राख्नुहोस्