तपाईँ सुन्दै हुनुहुन्छः

चलचित्र क्षेत्रको विकासका लागि सरकार कटिबद्ध: मन्त्री खरेल 

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले चलचित्र क्षेत्रले जनजीवन र समाज निर्माणमा सकारात्मक प्रभाव पार्ने भएकोले त्यसको विकास र विस्तारमा सरकारको सहयोग रहने बताउनुभएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सिंहदरबारमा आज आयोजित चलचित्र क्षेत्रसम्बन्धी छलफल कार्यक्रममा मन्त्री खरेलले जनतामा चलचित्रले कला, संस्कृति र मूल्यको ज्ञान विकास गरेर राष्ट्रको निर्माणमा योगदान पु¥याउने भएकाले चलचित्र क्षेत्रको विकासमा सरकारले जोड दिएको बताउनुभयो । 

मन्त्रालयका सचिव राधिका अर्यालले चलचित्र विकास बोर्डसँगको सहकार्यसहित चलचित्र क्षेत्रको विकास र प्रतिलिपि अधिकार उल्लङ्घन रोकथाममा मन्त्रालय प्रतिबद्ध रहको जानकारी दिनुभयो ।

कार्यक्रममा उपस्थित चलचित्रकर्मीहरूले कलाकारहरूले पर्दा बाहिर पनि सकारात्मक समाज परिवर्तनमा संलग्न भएर जनताको आवाज प्रतिनिधित्व गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

त्यस अवसरमा सरोकारवालाहरूले चलचित्र क्षेत्र पर्यटन प्रवर्द्धनको प्रभावकारी माध्यम भएको बताउँदै पर्याप्त बजेट, उच्च प्रविधियुक्त स्टुडियो निर्माण, अन्तर्राष्ट्रिय कलाकारहरूको सुविधा र प्रतिलिपि अधिकार उल्लङ्घन रोकथामका विषयमा नीतिगत सुधार आवश्यक रहेको सुझाव दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button