तपाईँ सुन्दै हुनुहुन्छः

गृहमन्त्रीद्वारा पूर्वराष्ट्रपति भण्डारीको घरको अवलोकन

काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले आज पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको काठमाडौँको चपलीस्थित घरको अवलोकन गर्नुभएको छ ।

पूर्वराष्ट्रपति भण्डारीको घर गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा आगजनी भएको थियो । यसअघि अर्यालले काठमाडौँको बोहोराटारस्थित राष्ट्रपति रामचन्द्र पौडेलको घरको अवलोकन गर्नुभएको थियो ।

त्यसै गरी अर्यालले मङ्गलबार प्रथम राष्ट्रपति डा रामवरण यादवको ललितपुर बागडोलस्थित निवासको अवस्था बुझ्न पुग्नुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button