तपाईँ सुन्दै हुनुहुन्छः

युएईसँग नेपाल चार विकेटले पराजित

काठमाडौँ । नेपाल आइसिसी विश्वकप लिग–२ अन्तर्गत आफ्नो पाँचौँ त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा नेपाल जितविहीन बनेको छ ।  

बुधबार सम्पन्न चौथो तथा अन्तिम खेलमा नेपाल घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) सँग चार विकेटले पराजित भयो  । यसअघि नेपालले अमेरिकासँग १०६ रन र चार विकेट तथा युएईसँग पाँच विकेटको हार बेहोरेको थियो । हारसँगै २० खेलमा १२ अंक जोडेको नेपाल सातौं स्थानमा छ ।  युएई समान खेलबाट १० अङ्कका साथ पुछारमा छ ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले प्रस्तुत गरेको २४० रनको लक्ष्य युएईले पाँच बल बाँकी रहँदा ६ विकेट गुमाउँदै पूरा गर्‍यो ।

नेपालका लागि करण केसीले तीन तथा नन्दन यादव, ललितनारायण राजवंशी र सन्दीप लामिछानेले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २३९ रनको योगफल तयार पारेको थियो ।   नेपालका लागि भीम सार्कीले ४८, कुशल मल्लले ४५ दीपेन्द्रसिंह ऐरीले ३७, आसिफ शेखले ३४, आरिफ शेखले ३० र सन्दीप लामिछानेले अविजित १५ रन बनाए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button