तपाईँ सुन्दै हुनुहुन्छः

जेनजीका मागप्रति एमाले सकारात्मक : महासचिव पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी एमालेले पछिल्लो समय एकता र पुनर्मिलनको बहस तीव्र रुपमा अघि बढाएको जनाएको छ । 

प्रेस चौतारी नेपालले आज काठमाडौँमा आयोजना गरेको संवादमा नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले पार्टी फुटाएर एमालेबाट अलग भएका नेताहरूलाई घर फर्क अभियानमार्फत पुन पार्टीमा ल्याउने प्रयास गरेको बताउनुभयो ।

महासचिव पोखरेलले जनताको बहुदलीय जनवादलाई आत्मसाथ गर्दै अन्य पार्टीमा रहेकालाई समेत नेकपा एमालेको झन्डामुनि एकताबद्ध भएर राष्ट्र निर्माणको अभियानमा लाग्न आग्रह गर्नुभयो । 

जेनजी युवाहरूले उठाएका सुशासनको माग प्रति एमाले सकारात्मक रहेको भन्दै एमाले महासचिव पोखरेलले नयाँ पुस्ताका युवाहरूलाई समेत पार्टीले उचित स्थान दिने बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button