तपाईँ सुन्दै हुनुहुन्छः

माओवादीको केन्द्रीय समिति बैठक २० गते बस्ने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक यही कात्तिक २० गते बस्ने भएको छ । 

पेरिसडाँडाथित पार्टी कार्यालयमा आज बसेको सचिवालय बैठकले सोमबार बस्ने भनिएको बैठक २० गतेका लागि सारेको हो । शुक्रवार बसेको सचिवालय बैठकले सोमबारका लागि  बैठक तय गरेको थियो । 

माओवादी केन्द्रले नेकपा (एकीकृत समाजवादी)सँग पार्टी एकता गरेर संयुक्त बैठक कात्तिक २० गते बस्ने निर्णय गरेको हो ।

आजको बसेको सचिवालय बैठकले एकीकृत समाजवादीसहितका वाम घटकसँग एकता गर्ने निर्णय अनुमोदन गर्दै संयुक्त अधिवेशन गर्ने निर्णय गरेको नेता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो । 

शुक्रवारको सचिवालय बैठकले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी), महेन्द्रराय यादवको जनता समाजवादी पार्टी, एमालेमा विद्रोह गर्नुभएका नेता प्रेमबहादुर सिंह, राजु कार्की नेतृत्वको नेकपा (समाजवादी) र सुवाष काफ्ले नेतृत्वको जनसमाजवादीसँग जतिसक्दो चाँडो एकता गर्ने निर्णय गरेको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button