बाल सुधार गृहबाट भागेका २० मध्ये १५ जना पक्राउ
भक्तपुर । भक्तपुरको सानोथिमिस्थित बाल सुधार गृहबाट २० जना बन्दी ढोका फोडेर फरार भएका छन् । बन्दीहरू आज दिउँसो सुधार गृहको ढोका फोडेर फरार भएका हुन् ।
फरार भएकामध्ये हालसम्म १५ जनालाई विभिन्न ठाउँबाट पुनः पक्राउ गरिएको र बाँकीको खोजी भइरहेको प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक नवराज ढुङ्गानाले जानकारी दिनुभयो । आज साँझसम्म बाँकी रहेकाहरूलाई पक्राउ गर्ने गरी खोजी भइरहेको उहाँले जानकारी दिनुभयो ।
सुधार गृहमा क्षमताभन्दा दोब्बर बन्दी रहेको र बाल सुधार गृह भने पनि युवाहरूलाई समेत बन्दीका रूपमा त्यही राख्न थालेपछि सुधार गृहमा झडप र तोडफोड हुँदै आएको छ ।







प्रतिक्रिया राख्नुहोस्