तपाईँ सुन्दै हुनुहुन्छः

जनकपुरधाममा समाचकेवा महोत्सव शुरु

जनकपुरधाम । मैथिली विकास कोषको आयोजनामा जनकपुरधाममा समाचकेवा महोत्सव २०८२ शुरु भएको छ । जानकी मन्दिरको प्राङ्गणमा शुरु भएको समाचकेवा महोत्सवमा देशका विभिन्न जिल्लाबाट आएका १४ वटा टिमको सहभागिता रहेको छ ।

मौलिक मैथिली संस्कृतिको संरक्षण तथा संवर्द्धन गर्ने उद्देश्यले आयोजना भएको समाचकेवा महोत्सवमा सुनसरी जिल्लाका थारु समुदायका एक टिमको सहभागिता रहेको कोषका अध्यक्ष जीवनाथ चौधरीले जानकारी दिनुभयो ।

राजर्षि जनक विश्व विद्यालयका उपकुलपति प्राध्यापक डा अमर प्रसाद यादव, मैथिलानी अगुवाहरू तथा संस्कृति विद्हरूको सहभागिता रहेको छ । महोत्सवमा उत्कृष्ट प्रदर्शन गर्ने समूहलाई पुरस्कृत गर्ने कार्यक्रम रहेको छ । मैथिली लोक संस्कृतिको रुपमा रहेको समाचकेवा पछिल्लो केही वर्ष यता कम भइरहेको वेलामा जनकपुरधाममा समाचकेवा महोत्सव भएको छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button