कोल्टीमा बस दुर्घटना, २५ जना घाइते
बाजुरा । बाजुराको कोल्टीबाट धनगढीका लागि छुटेको यात्रुवाहक बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन् ।
चालकसहित २६ जना सवार रहेको सु।प।प्र।०१–००१ ख ३१८१ नम्बरको बस बुढीनन्दा नगरपालिका–७ सास्था नजिकै दुर्घटनाग्रस्त भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
प्रहरीका अनुसार घाइतेमध्ये २३ जनालाई उपचारका लागि जिल्ला अस्पताल मार्तडी पठाइएको छ भने २ जनाको उपचार कोल्टी अस्पताल कोल्टीमा भइरहेको छ । घाइते सबैको अवस्था सामान्य प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी गगनसिंह भाटले बताउनुभयो।
शनिबार दिउँसो कोल्टीबाट धनगढीतर्फ जाँदै गरेको बस सडकबाट चिप्लिएर दुर्घटनामा परेको र घटना बारे थप विवरण आउन बाकी रहेको प्रहरीले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्