तपाईँ सुन्दै हुनुहुन्छः

वर्षाले मेची राजमार्गको माई खोला–राजदुवाली सडक अवरुद्ध

ईलाम । गएरातिको वर्षाले मेची राजमार्गअन्तर्गत माई खोला–राजदुवाली सडकका केही स्थान भासिएर चर्किँदा यातायात आवागमन पूर्ण रूपमा रोकिएको छ। वैकल्पिक सिमल–गोलाइ मार्ग पनि अवरुद्ध भएपछि सो खण्ड सम्पूर्ण सवारीसाधनका लागि बन्द गरिएको जिल्ला प्रशासन कार्यालय इलामकी प्रमुख सुनिता नेपालले जानकारी दिनुभयो।

उहाँका अनुसार अर्को सूचना जारी नहुँदासम्म राजदुवाली–सिमलगोलाइ खण्डमा सवारी आवागमन निषेध रहनेछ। स्थानीय निकायले सर्वसाधारणलाई अत्यावश्यक नभई सो मार्ग प्रयोग नगर्न आग्रह गरेको छ।

गत असोज १८ गतेको बाढी–पहिरोले यही खण्डमा ठूलो क्षति पुर्‍याएको थियो। त्यतिबेला सडक १२ दिनसम्म अवरुद्ध रहेपछि मात्र यातायात सञ्चालनमा आएको थियो। संघीय सरकारले त्यसपछिल्लो अवस्थालाई मध्यनजर गर्दै इलामलाई “विपद्‌ संकटग्रस्त जिल्ला” घोषणा गरेको थियो। तर पुनर्निर्माण र पुनःस्थापनाको काम अघि नबढ्दा इलाम अझै जोखिमयुक्त बनेको स्थानीय निकायहरूले जनाएका छन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button