तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय एकताको साझा मोर्चामा गोलबन्द हुन अध्यक्ष दाहालको आह्वान

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान अवस्थामा संविधानको रक्षा गर्दै समुन्नत लोकतन्त्रको विकास र राष्ट्रिय स्वाधीनताका लागि सबै गणतान्त्रिक शक्तिलाई राष्ट्रिय एकताको साझा मोर्चामा गोलबन्द हुन आह्वान गर्नुभएको छ । 

आज सामाजिक सञ्जालमार्फत संयोजक दाहालले देशका सामु अहिले देखिएका जटिलता तथा जनअपेक्षा, राष्ट्रिय स्वाधीनता र लोकतन्त्रमाथि देखापरेका चुनौती हल गर्ने ऐतिहासिक जिम्मेवारी रहेको बताउनुभयो ।

राष्ट्रले भोगिरहेका समस्या र सङ्कटहरूको समाधान अग्रगामी क्रान्तिकारी विचार, प्रतिबद्ध सङ्गठन र इमान्दार राजनीतिक पहलकदमीबाट मात्रै सम्भव रहने पनि उहाँले बताउनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button