तीन खेलाडीले भारतसँगको मैत्रीपूर्ण खेल गुमाउने
काठमाडौं । कप्तान सावित्रा भण्डारी, गोलकिपर अञ्जिला तुम्बाप्पो सुब्बा र मिडफिल्डर प्रीति राइले भारतविरुद्धको मैत्रीपूर्ण खेल गुमाउने भएका छन् ।
नेपालले बुधबार भारतसँग मैत्रीपूर्ण खेल खेल्दै छ । तर, यो खेले फिफाको अन्तर्राष्ट्रिय मान्यता भने पाएको छैन । यसअघि यो खेल बिहीबार हुने तय थियो । खेल सिक्किममा हुँदैछ ।
त्रिदेशीय च्याम्पियनसिप अन्तर्गत खेलिएका इरान र भारतसँगको खेलले मात्रै अन्तर्राष्ट्रिय मान्यता पाउनेछ । पहिलो खेलमा इरानसँग ३–० ले पराजित भएको नेपालले दोस्रो खेलमा भने भारतलाई २–१ गोलले हराएको थियो ।
 
				

 
					 
					




प्रतिक्रिया राख्नुहोस्