तपाईँ सुन्दै हुनुहुन्छः

सुनको मूल्यमा लगातार तेस्रो दिन गिरावट

काठमाडौँ। अन्तर्राष्ट्रिय बजारमा भाउ घटेसँगै नेपाली बजारमा पनि पछिल्लो तीन दिनयता सुनको मूल्यमा निरन्तर गिरावट देखिएको छ ।

गत आइतबार एकै दिन प्रतितोला रु ११ हजार छ सयले घटेर रु दुई लाख ४१ हजार ९०० कायम भएको सुनको मूल्य सोमबार पुनः तोलामा रु दुई हजार घटेर रु दुई लाख ३९ हजार ९०० मा किनबेच भएको थियो । आज फेरि प्रतितोला रु दुई हजार ९०० घटेपछि रु दुई लाख ३७ हजारमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यसै गरी आज चाँदी प्रतितोला रु ६० घटेर रु दुई हजार ९२० मा किनबेच हुनेछ ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार ९७५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button