पौभा चित्रकला प्रदर्शनी
काठमाडौँ । परम्परागत पौभा चित्रकलाको महत्व दर्साउँदै बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा पौभा चित्रकला प्रदर्शनी गरिएको छ ।

‘मास्टर्स अफ डिभोसनः पौभा आर्ट फ्रम भक्तपुर’ शीर्षकमा गरिएको चित्रकला प्रदर्शनी यसअघि भक्तपुरमा प्रदर्शन गरिएको थियो । सोही कलालाई पुनः काठमाडौँमा दोहो(याएर प्रदर्शन गरिएको सिद्धार्थ आर्ट ग्यालरीका प्रमुख सङ्गीता थापाले जानकारी दिनुभयो ।
काठमाडौँ आर्ट ग्यालरीले आयोजना गरेको उक्त प्रदर्शनीमा भक्तपुरका २२ कलाकारका चित्रकला प्रस्तुत गरिएका छन् । पाका र युवा पुस्ताको मिश्रित कला एकसाथ देख्न पाइने प्रदर्शनी आगामी मङ्सिर ६ गतेसम्म जारी रहने जनाइएको छ । ग्यालरी प्रमुख थापाले सातौँ शताब्दीको प्राचीन पौभा परम्परालाई भक्तपुरका कलाकारहरूले आध्यात्मिक चिन्तनका साथ प्रस्तुत गरेकामा प्रशंसा व्यक्त गर्नुभयो ।
उहाँले प्रत्येक चित्रले पवित्र भेटी र नेपालको स्थायी सांस्कृतिक आत्माको प्रतिविम्ब दुवै प्रतिनिधित्व गर्ने कुरामा जोड दिएको बताउनुभयो । अजय कर्माचार्य, बलराम निष्टु, चन्द्रकृष्ण किजु, हरिप्रसाद वैद्य, किरण जोशीलगायत कलाकारले बनाएका चित्रकला प्रदर्शनीमा राखिएका छन् ।








प्रतिक्रिया राख्नुहोस्