तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्रीद्वारा छठी माताको पूजा आराधना

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले छठ पूजामा सहभागी भई छठी माताको पूजा आराधना गर्नुभएको छ । 

प्रधानमन्त्री कार्की आज कमलपोखरीमा पुगेर सूर्यसहित छठी माताको पूजा आराधना गर्नुभएको हो । 

छठ पर्वको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदै छ । बर्तालु भक्तजनहरूले आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिने परम्परा रहिआएको छ । 

छठ पर्वमा नदी किनार, ताल तलैया, पोखरीमा पुगेर पूजा आराधना गरिन्छ । त्यसको भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ समापन गरिने धार्मिक परम्परा छ । छठ पर्वका अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button