रेडियो नेपालका पूर्व कर्मचारी रायमाझीको निधन

काठमाडौँ । रेडियो नेपालका पूर्व प्राविधिक अधिकृत वासुदेव रायमाझीको ७५ वर्षको उमेरमा निधन भएको छ ।
दम रोगबाट पीडित रायमाझीको काठमाडौँको संखरापुर अस्पतालमा उपचारको क्रममा शनिबार बेलुकी निधन भएको हो ।
३४ वर्षसम्म रेडियो नेपालमा प्राविधिकको रुपमा सेवा गर्नुभएका रायमाझी थुप्रै कालजयी गीतका रेकर्डिष्ट हुनुहुन्छ ।
पूर्व कर्मचारी वासुदेव रायमाझीको निधनमा सार्वजनिक सेवा प्रसारण रेडियो नेपालले दुःख ब्यक्त गरेको छ ।







प्रतिक्रिया राख्नुहोस्