तपाईँ सुन्दै हुनुहुन्छः

बैतडीमा मतदाता नामावली धमाधम सङ्कलन हुँदै 

बैतडी । आगामी फागुन २१ गतेका लागि निधारीत निर्वाचनका लागि निर्वाचन कार्यालय बैतडीले मतदाता नामावली सङ्कलनको काम धमाधम सञ्चालन गरिरहेको छ । निर्वाचन कार्यालयले गत असोज ९ गतेबाट नामावली सङ्कलन तथा अद्यावधिकको काम सुरु गरेको हो । 

हालसम्म २०६ पुरुष र ९५ महिला गरी ३०१ जनाको विवरण सङ्कलन गरिएको निर्वाचन कार्यालय बैतडीका निमित्त कार्यालय प्रमुख पुरुषोत्तम जोशीले जानकारी दिनुभयो । यस अवधिमा ५२ जनाले बैतडी जिल्लाबाट अन्यत्र जिल्ला नामसारी पनि गरेको उहाँले बताउनुभयो । निर्वाचन आयोगले तोके बमोजिम मतदाता नामावली सङ्कलन, नामावलीमा त्रुटि भएको विवरण सच्याउने, जिल्ला सार्ने काम भइरहेको निमित्त प्रमुख जोशीले बताउनुभयो । 

नामावलीमा नाम दर्ता गराउन १६ वर्ष पुरा भएको नेपाली नागरिकता लिएको हुनुपर्ने छ । 

बैतडीमा ७७ हजार ३८० पुरुष, ७६ हजार ८३४ महिला र फरक क्षमता रहेका २ गरी १ लाख ५४ हजार २१६ जना मतदाता रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button