तपाईँ सुन्दै हुनुहुन्छः

उदयपुरमा छठ पूजाको तयारी पुरा

उदयपुर । उदयपुरमा छठ पूजाको तयारी पुरा भएको छ । जिल्लाको सदरमुकाम समेत रहेको त्रियुगा नगरपालिकाको गाईघाट, चौदण्डीगढी, बेलका र कटारी नगरपालिका लगायतका क्षेत्रमा छठ पूजाको तयारी पुरा भएको हो । 

उदयपुर जिल्लामा विशेष गरि त्रियुगा, तावा, कमला, द्वारखोला, गिदेरीगंगा लगायतका नदीमा मनाइने छठ पूजाको तयारी पुरा भएको स्थानीय छठ पुजन व्यवस्थापन समितिले जनाएको छ ।

उदयपुरमा विशेष गरि सदरमुकाम गाईघाटको त्रियुगा बस पार्क स्थित त्रियुगा नदीको किनारामा पूजा स्थल तयार पार्नुका साथै विशेष  सांस्कृतिक कार्यक्रम, निःशुल्क स्वास्थ्य सेवा, एम्बुलेन्स सेवा, मानवीय उद्धार सेवा लगायतका सेवा सहितको व्यवस्थापन गरिएको त्रियुगा छठ पूजा समिति गाईघाट उदयपुरका अध्यक्ष चन्दन शाहले जानकारी दिनुभयो । 

गत बर्सहरूमा रातीसम्म अबेरसम्म सांस्कृतिक कार्यक्रम गरिँदै आएकोमा यस बर्ष सुरक्षा अवस्थालाई मध्यनजर गर्दै संस्कृति जगेर्नार्थ एक डेढ घण्टाको लागि मात्र सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको त्रियुगा छठ पूजा समिति गाईघाट उदयपुरका सचिव ललित कुमार नायकले जानकारी दिनु भयो । अन्य पालिकाहरूमा हुने छठ पूजामा भने कुनै पनि सांस्कृतिक कार्यक्रम यस बर्ष राखिएको छैन ।

गाईघाटमा छठ पूजा भव्य रुपमा सम्पन्न गर्न विभिन्न उपसमितिहरू गठन गरिएको मूल आयोजक समितिले जनाएको छ । छठ पूजालाई भव्य र मर्यादित बनाउन  मूर्ति तथा पूजा व्यवस्थापन उपसमिति, घाट तथा स्वयंसेवक उपसमिति, प्रचारप्रसार तथा मञ्च व्यवस्थापन उपसमिति, आर्थिक व्यवस्थापन उपसमिति र अनुगमन उपसमिति गठन गरिएको छ ।

छठ पूजाका लागि सम्पूर्ण तयारी पुरा भएको भएपनि घाट वितरणको काम भने बाकी रहेको र उक्त कार्य समेत आज सम्पन्न हुने पूजा व्यवस्थापन मूल समितिका सचिव नायकले बताउनुभयो । 

छठ पूजा स्थलमा विद्युतको उचित व्यवस्थापनका साथै छठ पूजा स्थलमा कुनै समस्या आइपरेको आपतकालिन उद्धारको समेत व्यवस्था गरिएको छ । उदयपुरमा लामो समय अधिदेखी छठ मनाउँदै आएका भएपनि व्यवस्थित रूपले भने २०७२ सालदेखि मनाउन थालिएको स्थानीयको भनाइ छ ।

आफूले चिताएको मनोकामना पुरा हुने र शरीरमा रोग व्याध नलागोस्, परिवारमा सुख शान्ति होस्, अन्नपात फलफूल लगायतका बालीनाली राम्रो उब्जा होस् भन्ने कामना सहित मनाइने छठ पर्व तराईको मात्र नभएर सिङ्गो देशकै राष्ट्रिय पर्वका रुपमा मनाउन थालिएको छठ पूजा समितिका उदयपुरका अध्यक्ष चन्दन शाहको भनाई छ ।

आपराधिक घटना नियन्त्रणका लागि संयुक्त सुरक्षा व्यवस्था

छठ पर्वका बेला हुनसक्ने आपराधिक गतिविधि नियन्त्रण गर्न उदयपुरमा संयुक्त सुरक्षा टोली परिचालन गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख  प्रहरी उपरीक्षक राजन चापागाईंका अनुसार छठघाटमा कुनै पनि किसिमका अवाञ्छित घटना हुन नदिन सुरक्षा व्यवस्था मजबुत गरिएको बताउनुभयो । उहाँका अनुसार यस बर्ष सुरक्षा सतर्कता अपनाउँदै छठ घाटहरूमा विशेष सांस्कृतिक कार्यक्रम लगायतका अन्य गतिविधि गर्न भने प्रशासनले अनुमति प्रदान नगरेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button