तपाईँ सुन्दै हुनुहुन्छः

लागु औषध गाँजासहित विमानस्थलबाट तीन भारतीय पक्राउ

काठमाडौँ । लागु औषध गाँजा जस्तो देखिने वस्तुसहित तीन भारतीयलाई प्रहरीले पक्राउ गरेको छ । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब सात किलो २९५ ग्रामसहित पक्राउ परेका तीन जनालाई प्रहरीले आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा २५ वर्षीय हरगोबिन्द सिंह, १९ वर्षीय समीर र २७ वर्षीय फिरोज अहमद सम्पद रहेका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो । विमानस्थलको भन्सार क्षेत्रबाट उनीहरूलाई शुक्रवार दिउँसो पक्राउ गरी आज सार्वजनिक गरिएको उहाँले बताउनुभयो । 

एयर एसियाको उडानद्वारा बैङ्ककबाट काठमाडौँ आएका हरगोबिन्द र समिरलाई तीन किलो ५४० ग्राम तथा इन्डिगो एयरको उडानद्वारा मुम्बईबाट काठमाडौँ आएका सम्पदलाई तीन किलो ६५५ ग्राम उक्त वस्तुसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

पक्राउ परेकालाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि लागु औषध नियन्त्रण ब्युरो पठाइएको प्रवक्ता घिमिरेले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button