तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री कार्कीद्वारा सुरक्षा निकायका प्रमुखहरूसँग बालुवाटारमा छलफल

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले गृहमन्त्री, गृह सचिव र चारैवटै सुरक्षा निकायका प्रमुखसँग बालुवाटारमा छलफल गर्नुभएको छ।

प्रधानमन्त्री कार्कीको अध्यक्षतामा बसेको बैठकमा गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव रामेश्वर दंगाल र चारै सुरक्षा निकायका प्रमुखहरू सहभागी हुनुहुन्थ्यो।

करिब दुई घण्टा चलेको बैठकमा सुरक्षा निकायका प्रमुखहरूले देशको हालको सुरक्षा अवस्थाबारे आ–आफ्नो विश्लेषण प्रस्तुत गर्नुभएको थियो। बैठकमा सम्भावित सुरक्षा चुनौती र त्यसका समाधानका उपायहरूबारे पनि विस्तृत छलफल भएको थियाे

बैठकपछि पत्रकारहरूसँग कुरा गर्नुहुँदै गृहमन्त्री अर्यालले भन्नुभयो, “सुरक्षा अवस्थाबारे हामीले सूक्ष्म विश्लेषण गरेका छौँ। विभिन्न समूहले प्रदर्शनको तयारी गरेको भन्ने जानकारीहरू प्राप्त भएका छन्। आफ्ना राजनीतिक मागहरू जिम्मेवार ढंगले राख्न सबै स्वतन्त्र छन्। राजनीतिक विषयहरूको समाधानका लागि सरकार संवादको ढोका खुला राख्नेछ।”

उहाँले वर्तमान संवेदनशील अवस्थालाई ध्यानमा राखी सबै पक्षलाई जिम्मेवार र संयमित भइदिन आग्रह गर्नुभएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button