दोधारा चाँदनीबाट थप बाह्र जना जुवाडे पक्राउ
कञ्चनपुर । कञ्चनपुरको दोधाराचाँदनीमा जुवातास खेल्ने क्रम रोकिएको छैन । अघिल्लो राती दुई ठाउँबाट बाह्र जना जुवाडेलाई पक्राउ गरेको प्रहरीले गएराति पनि थप बाह्र जनालाई नियन्त्रणमा लिएको छ ।
गएराति करिब १ बजेर ५० मिनेटको समयमा दोधाराचाँदनी नगरपालिका–४ कालिका टोलस्थित निर्माणाधीन घरमा गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दोधारा चाँदनीबाट खटिएको टोलीले छापा मारेको थियो । उक्त क्रममा १२ जना जुवातास खेलिरहेको अवस्थामा पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा दोधारा चाँदनी वडा नम्बर २ का ५४ वर्षीय खड्क नेपालीसहित १२ जना रहेका छन् । उनीहरूबाट रु १८ हजार १ सय ५० नगद र दुई गड्डी तास बरामद गरिएको प्रहरीले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्