कर्णाली याक्सद्वारा एनपिएलका लागि जर्सी सार्वजनिक
काठमाडौँ । कर्णाली याक्स स्पोर्टस प्रालीले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणका लागि जर्सी सार्वजनिक गरेको छ ।
कर्णाली याक्सका निर्देशक गृहेन्द्र घिमिरेले यो जर्सी चाडै समर्थकमाझ पुर्याउने योजना रहेको बताएका छन् । कर्णालीको जर्सीमा आकासे र पहेँलो रङ्ग समावेश गरिएको छ । जसले कर्णाली प्रदेशको भौगोलिक र साँस्कृतिक महत्व पनि राख्नेछ ।
एनपिएलको तयारीमा व्यस्त कर्णालीले दोस्रो संस्करणमा पनि ज्ञानेन्द्र मल्ललाई नै प्रशिक्षकमा निरन्तरता दिएको छ । यस्तै टोलीको कन्सल्ट्यान्ट प्रशिक्षकमा राजु बस्नेत छन् ।
गत संस्करण दोस्रो क्वालिफायरसम्म पुगेको कर्णालीले मार्की सोमपाल कामीसहित गुलशन झा, नन्दन यादव, विपिनप्रसाद शर्मा, अर्जुन घर्ती, दीपेन्द्र रावत र युनिशविक्रम ठकुरीलाई दोस्रो संस्करणका लागि पनि निरन्तरता दिएको छ ।
यसैगरी टोलीले मिनी अक्सनबाट पवर सर्राफ, युवराज खत्री, इमरान शेख र दीपक डुम्रेलाई अनुबन्ध गरेको थियो । यसैगरी टोलीले पहिलो विदेशी खेलाडीका रूपमा स्कटल्यान्डका मार्क वाटलाई अनुबन्ध गरेको छ ।
एनपिएलको दोस्रो संस्करण मङ्सिर १ देखि २७ सम्म हुदैछ ।
प्रतिक्रिया राख्नुहोस्