तपाईँ सुन्दै हुनुहुन्छः

बसको ठक्करबाट वृद्धको मृत्यु 

दाङ । दाङको देउखुरीमा बसको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ ।

मृत्यु हुनेमा राप्ती गाउँपालिका-५ सिंगे निवासी करिब ६५ वर्षीय रामप्रसाद भट्टराई रहेको वडा प्रहरी कार्यालय लमहीका प्रमुख रोशनराज पाण्डेले जानकारी दिनुभयो ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत लमही नगरपालिका–५ लमही बजार प्रतिष्ठा पेट्रोल पम्प नजिकै आज दिउँसो १ बजेको समयमा बसले ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु १ ख ९८७६ नम्बरको बसले ठक्कर दिएको थियो। गम्भीर घाइते भट्टराईको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी कार्यालयले जनाएको छ । 

दिदीको हातबाट तिहारको टीका लगाएर फर्किँदै गर्दा उनलाई बसले ठक्कर दिएको थियो । ठक्कर दिने बस र चालकलाई प्रहरीले आफ्नो  नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button