कास्की कारागारबाट भागेका कैदी घरमै झुन्डिए
कास्की । पोखरा महानगरपालिका–२६ बरालडाँडामा एक पुरुष झुन्डिएको अवस्थामा फेला परेका छन् । प्रहरीले झुन्डिएको व्यक्ति हालै कास्की कारागारबाट भागेका कैदी भएको जनाएको छ।
कास्की प्रहरीले दिएको जानकारीअनुसार ५५ वर्षीय देवबहादुर विश्वकर्मा आफ्नै एक तले कच्ची घरको सुत्ने कोठामा बासको बलोमा प्लास्टिकको डोरीको पासो लगाई झुन्डिएको अवस्थामा फेला परेका हुन् । उनी कास्की कारागारमा कर्तव्य ज्यान मुद्दामा कैदी थिए र भदौ २४ गतेको ‘जेनजी आन्दोलन’का क्रममा अन्य कैदीसँगै कारागारबाट भागेका थिए।
मङ्गलवार बिहान करिब ६ः४५ बजे विश्वकर्मा झुन्डिएको खबर पाएपछि प्रहरी टोली घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय, कास्कीका डिएसपी हरिबहादुर बस्नेतले जानकारी दिनु भयो । उहाँका अनुसार घटनाको समयमा घरमा कोही पनि नभएको र मुचुल्का गरी शवलाई पश्चिम क्षेत्रीय अस्पताल पठाइएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान सुरु गरेको जनाएको छ।
प्रतिक्रिया राख्नुहोस्