हङकङ सिक्सेसमा नेपालले सहभागिता जनाउँदै
काठमाडौँ । हङकङ क्रिकेट सङ्घको आयोजनामा हुने ‘हङकङ सिक्सेस’ प्रतियोगितामा मा नेपालले भाग लिने भएको छ । आगामी नोभेम्बर ७ देखि ९ तारिखसम्म आयोजना हुने उक्त प्रतियोगिताका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले शरद् भेषावकरको कप्तानीमा आज सात सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो ।
क्यानले घोषणा गरेको टोलीमा कप्तान शरद्सँगै सन्दीप जोरा, लोकेश बम, बसिर अहमद, आदिल अन्सारी, रशिद खान र रुपेश सिंह छन् । प्रतियोगितामा नेपालसहित विभिन्न १२ राष्ट्रको सहभागिता रहने छ । चार समूहमा विभाजन गरिएको उक्त प्रतियोगितामा नेपाल समूह ‘ए’मा परेको छ । नेपालको समूहमा दक्षिण अफ्रिका र अफगानिस्तान छन् ।
त्यसैगरी समूह ‘बी’ मा अस्ट्रेलिया, इङ्ल्याण्ड र यूएई, समूह ‘सी’मा भारत, पाकिस्तान र कुवेत छन् भने समूह ‘डी’मा श्रीलङ्का, बङ्गलादेश र हङकङ छन् ।
प्रतियोगिताका हरेक खेल समान छ/छ ओभरका हुनेछन् भने एक टिममा छ खेलाडीले खेल्न पाउने प्रावधान रहेको छ ।
प्रतिक्रिया राख्नुहोस्