राजदूतहरुसँग प्रधानमन्त्री: तोकिएकै मितिमा चुनाव गरेर सत्ता हस्तान्तरण हुन्छ
'सुशासन र अन्तर्राष्ट्रिय साझेदारीमा सरकारको प्राथमिकता'

काठमाडाैँ । प्रधानमन्त्री तथा परराष्ट्रमन्त्री सुशीला कार्कीले वर्तमान सरकारले छ महिनाको अवधिमा निर्वाचित सरकारलाई शान्तिपूर्ण रूपले सत्ता हस्तान्तरण गर्ने बताउनुभएको छ ।
सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयको हलमा शुक्रबार काठमाडौँस्थित राजदूत, कूटनीतिज्ञ तथा विकास साझेदार संस्थाका प्रतिनिधिसमक्ष देशको राजनीतिक अवस्था, आगामी निर्वाचन, सुशासन र अन्तर्राष्ट्रिय साझेदारीबारे विस्तृत ब्रिफिङ दिने क्रममा उहाँले सो कुरा बताउनुभएको हो ।

परराष्ट्र मन्त्रीको समेत जिम्मेवारी सम्हाल्नुभएका प्रधानमन्त्री कार्कीले हालैको ‘जेन–जेड’ आन्दोलनपछि नेपालको राजनीतिक परिवेशमा भएको तीव्र परिवर्तन र त्यसले उत्पन्न चुनौती तथा अवसरबारे जानकारी दिनुभयो ।
कार्यक्रममा सहभागी वक्ताहरूले आन्दोलनलाई नेपालको लोकतान्त्रिक यात्रामा एक ऐतिहासिक मोडको रूपमा व्याख्या गर्नुभयो। उहाँहरूले नयाँ संविधानपछि भएका सीमित उपलब्धिलाई आत्म मूल्याङ्कन गर्दै जनताको वैध आकाङ्क्षाहरूलाई अब पछाडि पार्न नसकिने स्पष्ट पार्नुभयो।

अब निष्क्रियताको कुनै ठाउँ छैन,’ुएक वक्ताले जोड दिनुभयो, हामीले जनताको आवाज सुन्ने र तिनको अपेक्षा अनुसार कार्य गर्न फेरि समर्पित हुनै पर्छ।’ु
कार्यक्रममा सरकार, कूटनीतिक नियोग, र नागरिक समाजका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति थियो। उहाँहरूले नेपालमा चलिरहेको राजनीतिक सचेतनाको लहरलाई स्वागत गर्दै यसलाई लोकतान्त्रिक अभ्यासको सुदृढीकरणका लागि अवसरको रूपमा लिनुभएका छन।







प्रतिक्रिया राख्नुहोस्