एमाले केन्द्रीय कमिटी बैठक जारी
काठमाडौँ । असोज २९ देखि जारी नेकपा एमाले पार्टीको १० औँ केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि आज पनि बोल्न बाँकी केन्द्रीय सदस्यले धारणा राख्ने क्रम आज जारी छ ।

ललितपुरको भनिमण्डलमा बसिरहेको बैठकमा केन्द्रीय सदस्यहरूले दिएका सुझाव र जिज्ञासाहरूको अध्यक्ष केपी शर्मा ओलीले एकमुस्ट जवाफ दिएपछि बैठक समापन गरिने नेकपा एमालेले जनाएको छ ।

बैठकको अन्त्यमा एमाले पार्टी महासचिव प्रदीपकुमार ज्ञवालीले समसामयिक प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्