झापामा डुबेर एकैसाथ तीन बालिकाको मृत्यु
भद्रपुर, झापा । झापामा आज पानीमा डुबेर एकैसाथ तीन जना बालिकाको ज्यान गएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आज दिउँसो करिब १ः०० बजेको समयमा गौरादह नगरपालिका–९ खजुरगाछीकी ९ वर्षीया स्वीकृति मगर, ७ वर्षीया सुष्मा मगर र ११ वर्षीया रोशनी परियारको डुबेर मृत्यु भएको हो ।
स्थानीय कृष्णे खोलामा जमेको पानीमा माछा मार्ने क्रममा उनीहरू डुबेका थिए । सँगै गएकी १० वर्षीया यूनिषा राईले तीन जना डुबेको देखेपछि अभिभावकलाई खबर गरेकी थिइन् । खबर पाएपछि घटनास्थल पुगेका अभिभावकले तीनै जनालाई पानीमा डुबेको अवस्थामा फेला पारी बाहिर निकालेको प्रहरीले जनाएको छ । बाहिर निकाल्दै गर्दा तीनै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
तीनै जनाको प्रादेशिक अस्पताल भद्रपुरमा पोष्टमार्टम भएको छ ।
प्रतिक्रिया राख्नुहोस्