तपाईँ सुन्दै हुनुहुन्छः

सिरियाली नेताद्वारा रुससँग सम्बन्ध ’पुनःपरिभाषित’ गर्न चाहेको भनाइ

मस्को । मस्को भ्रमणमा रहनुभएका सिरियाका राष्ट्रपति अहमद अल–शाराले बुधवार रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटमा रूस–सिरिया सम्बन्ध ‘पुनःपरिभाषित’ गर्न चाहेको बताउनुभएको छ। 

पुटिनले क्रेमलिनमा शारालाई न्यानो स्वागत गर्नुभएको छ। गोप्य बैठकमा सिरियाली नेता साराले रुसमा शरण लिई रहेको बताइएका पूर्व राष्ट्रपति बसर– अल–असदलाई सुपुर्दगी गर्न मस्कोलाई दबाब दिने अपेक्षा गरिएको छ । 

यी दुईले महत्त्वपूर्ण रुसी सैन्य अड्डाको रूपमा हेरिने सिरियाको टार्टसको नौसैनिक अड्डा र हमाइमिमको हवाई अड्डाबारे पनि छलफल गर्ने अपेक्षा गरिएको छ। टार्टसको नौसैनिक अड्डा र हमाइमिममा रहेको हवाई अड्डाको भविष्य विद्रोहीहरूले सत्ता कब्जा गरेदेखि नै अनिश्चित बनेको छ।

सिरियामा १४ वर्ष लामो रक्तपातपूर्ण गृहयुद्धको समयमा रुस असदको प्रमुख सहयोगी रहेको थियो । उसले सिरियाली प्रशासनसँग मिलेर असदलाई सत्तामा टिकाइराख्न महत्त्वपूर्ण सैन्य सहयोग प्रदान गरेको थियो ।

गत डिसेम्बरमा शाराको इस्लामिक सेनाको नेतृत्वमा भएको आक्रमणमा सत्ताबाट हटाइएका पूर्वराष्ट्रपति असदले विगत १० महिनादेखि परिवारसहित रुसमा आश्रय लिइरहेको बताउने गरिएको छ।

बैठकको सुरुवातमा टिप्पणीमा शाराले दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई स्वीकार गर्नुभएको थियो भने दमास्कसलाई विश्व मञ्चमा एक्लोपनबाट फिर्ता ल्याउन रुससँगको सम्बन्धलाई पुनः परिभाषित गर्नुपर्ने भएको बताउनुभएको छ।

“हामी यी सम्बन्धहरूको प्रकृतिलाई नयाँ तरिकाले पुनर्स्थापित र पुनः परिभाषित गर्ने प्रयास गरिरहेका छौँ ताकि सार्वभौम सिरियाको स्वतन्त्रता कायम होस् र यसको क्षेत्रीय एकता र अखण्डतासहित यसको सुरक्षा र राजनीतिक स्थिरता पनि होस्,” शाराले पुटिनसँग भन्नुभयो । 

रुसी नेताले केही दशकदेखि विकसित दुई देशबीचको ‘विशेष सम्बन्ध’ को चर्चा गरेका थिए । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button